जनकपुरधाम । प्रदेश २ सरकारमा दुई मन्त्रालय लिएर नेकपा एस आईतवार सहभागी भएको छ । नेकपा एस संसदीय दलका नेता शत्रुधन महतो र साँसद प्रमोद यादव मन्त्री बनेका हुन् । महतो उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र यादव कानून, न्याय तथा प्रदेश मामिला मन्त्री बनेका छन् । मधेस भवनमा आयोजित एक समारोहमा उनी दुबै जनालाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ गराए । मन्त्री महतो र यादवको शपथ ग्रहण समारोहमा नेकपा एसका नेता रामचन्द्र झा, धर्मनाथ साह, साँसदहरु र कार्यकर्ताहरुको सहभागीता थियो । यस्तै मुख्यमन्त्री लालबाबु राउत, अर्थमन्त्री शैलेन्द्र साह, आर्थिक मामिला तथा सञ्चार मन्त्री भरत साह लगायतको उपस्थिति पनि थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *