प्रदेश २ सरकारले अध्यादेशमार्फत स्थापना गरेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ अनुदान दिन निर्णय गरेको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ दिने निर्णय गरेको प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए । अर्थमन्त्री साहले विश्वविद्यालयको भौतिक पूर्वाधार विकासका लागि अनुदानस्वरुप ३१ करोड रुपैयाँ दिने निर्णय भएको बताए । प्रदेशमा रहेका सबै जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णयसमेत प्रदेश मन्त्रिपरिषद बैठकले गरेको उनले जानकारी दिए । मन्त्रिपरिषद्ले बेटी पढाउ बेटी बचाउ अभियान सञ्चालनको जिम्मा पाएको समाजिक विकास मन्त्रालयले तयार गरेको कार्यविधिलाई परिमार्जनसहित पारित गरेको छ भने बन्द रहेको छोरी बिमा अभियानलाई पुनः संचालन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *