प्रदेश १ का नवनियुक्त भीम आचार्यले पदभार ग्रहण गर्नुभएको हो । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथग्रहणपछि आचार्यले बिहीबार पदभार ग्रहण गर्नुभएको हो । बिहीबार प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि आचार्यलाई प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीको शपथ ग्रहण गराउनुभए । ९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएपछि राईले राजीनामा बुझाउनुभए । राईले राजीनामा बुझाएलगत्तै भीम आचार्य मुख्यमन्त्री नियुक्त हुनु भएको हो । मुख्यमन्त्री आचार्यले प्रदेश सुशासन र सेवा प्रवाहका सम्बन्धी निर्णयमा पहिलो हस्ताक्षर गरेको प्रदेश १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनुभए ।

  • 546
    Shares
सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *