संविधान अनुसार प्रदेशको नाम र राजधानीको विषय प्रदेशसभाको २ तिहाइ बहुमतले टुङ्ग्याउन सक्छ । प्रदेश नम्बर २ को संसदमा कुनै पनि पार्टीको २ तिहाइ बहुमत नभएको र नामका विषयमा हेरक राजनितिक दलको फरक, फरक धारणा रहेकाले बाँकी कार्यकालमा नामाकरणको विषय टुङ्गो लाग्ने सम्भावना कम हो । सत्तारुढ दल जनता समाजवादीले प्रदेशको नाम मधेस राख्न चाहेको हो भने प्रतिपक्षि दल नेपाली काँग्रेस मिथिला भोजपुरा सहमति जुटाउने कोशिशमा हो । माओवादी र एमाले प्रदेशको नाम जानकी राख्न लगभग सहमत छ । तर फरक, फरक पार्टीले प्रस्ताव गरेको यी कुनै पनि नाममा सहमति जुटेको छैन । प्रदेशको नाम टुङ्गो लगाउन प्रदेश २ सरकारले ३ सदस्यीय संवाद तथा सुझाव आयोग पनि गठन गरेको थियो । नाम टुङ्गो लगाउन प्रदेशसभा भित्र र बाहिर कयौ पटक छलफल भए । तर प्रदेश सभा गठन भएको ३ वर्ष नाघिसक्दा नामको विषय टुङ्गो लागेको छैन । प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले नामको टुङ्गो नलागेको एमाले प्रदेश नम्बर २ का प्रमुख सचेतक सुन्दर विश्वकर्मा बताउनु हुन्छ । १ सय ७ सांसद रहेको प्रदेशसभामा नामकरणका लागि दुई तिहाइ अर्थात् कम्तीमा ७२ सांसदको सहमति आवश्यक पर्छ । यो सङ्ख्याका लागि सत्तारुढ दल समाजवादीलाइ काँग्रेस , एमाले वा माओवादीको साथ चाहिन्छ । माओवादी केन्द्रका सांसद विश्वनाथ शाहले नाममा कुनै पनि पार्टी आफ्नो प्रस्तावबाट पछि नहट्ने भएपछि यो कार्यकालमा प्रदेश सभाले नामाकरण गर्ने सम्भावना नरहेको बताउनुभयो । राजनितिक समिकरण नमिलेका कारण प्रदेश नम्बर २ प्रदेश सभाले नाम नटुङ्ग्याइ कार्यकाल सक्ने सम्भावना देखिएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *