जनकपुर २९
जानकी नवमीको अवसर पारेर प्रदेश २ मा भोलि सार्वजनिक बिदा हुने भएको छ । प्रदेश २ सरकारले जानकी नवमीको अवसर पारेर प्रदेशभित्र सार्वजनिक बिदा दिएको हो । यस पटकको जानकी नवमीलाई जनकपुर धाममा महामहोत्सवको रूपमा मनाइँदैछ । सप्ताहव्यापी रुपमा मनाइने महामहोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरूले सहभागिता जनाउने छन् । वैशाख शुक्ल नवमीको दिन जानकी नवमीको रुपमा मनाइन्छ । राम नवमीको एक महिनापछि सीता नवमी पर्छ ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *