जनकपुरधाम । जटही भन्सारका कर्मचारी हकाहाकी घूस माग्ने गरेको पाइएको छ । सवारी साधनको एक दिने निःशुल्क सुविधाका लागि कर्मचारीले भोजभात खर्च वापत घूस लिने गरेको पाइएको छ ।
काउन्टरमा बसेका कर्मचारीले दिनभरी असुल गरेको घूसको रकम साँझ सबै कर्मचारी एकआपसमा बाँडने गरेका छन् । राजनीति पहुँचले वर्षौदेखि जटही भन्सारमा रहेका कर्मचारीहरु हकाहाकी घूस माग्ने गरेका छन् । धनुषाको लगमा जटही छोटी भन्सारका कर्मचारीले निःशुल्क अस्थायी पैठारी सुविधाका लागि अतिरिक्त रकम लिएको पाइएको छ ।
नेपाल–भारत सीमा जटही नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय गाडीलाई जनकपुर सम्म एक दिने पासका लागि भन्सारका कर्मचारीले अतिरिक्त रकम लिने गरेको पाइएको हो । क्यासलेस’ भन्सारको काउन्टरमा कर्मचारी नगद घूस लिएर मात्रै सेवा दिंदा भारतीय यात्रु नेपालमा ठगिएका छन् ।
भन्सारका कर्मचारीले प्रज्ञापन पत्र लिने काउण्टरमा कार्यालय सहयोगी बैजनाथ कर्णलाई खटाएर निःशुल्क सुविधा प्राप्त गर्ने भारतीय सवारी साधन बाहकबाट घूस असुल गर्दै आएका छन् । कार्यालयमा भेटिएका भन्सारका नायब सुब्बा मनोज महतोले क्यासलेस काउन्टरमा कर्मचारीले नगद कारोबार गर्न नमिल्ने बताए ।
भन्सारका कर्मचारी नगद रुपैयाँ लिने व्यवस्था छैन, महतोले भने, ‘कर्मचारीले आपूmखुशी अतिरिक्त रकम लिनु गलत हो । यस विषयमा थाहा भएन् ।’ भन्सारको सबै आर्थिक कारोबार बैँक काउन्टरबाट भइरहेको छ( उनले भने ।
जनकपुर भन्सार कार्यालयका प्रमुख प्रमोद दासले निःशुल्क सुविधा वापत शुल्क लिने भन्सारका कर्मचारीलाई कारवाही गरिने बताए । भन्सार काउन्टरमा कर्मचारीले नगद रुपैँयाँ लिनै मिल्दैन, लिएको प्रमाण भेटिए कारवाही हुने दासले बताए । राजनीति पहुँचको भरमा जटही भन्सारमा रहेका कर्मचारीबारे पटक पटक गुनासो आएपनि भन्सार कार्यालयले कारवाही गर्न सकेको छैन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *