जनकपुरधाम, बैशाख १९ ।

प्रदेश नं. २को नाम र स्थायी राजधानी बारे सुझाव संकलन गर्न गठित आयोगले आफनो प्रतिवेदन आज प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । 
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरि आयोगका अध्यक्ष डा. हरिवंश झाले मुख्यमन्त्री लालबाबु राउतलाई सो प्रतिवेदन हस्तान्तरण गर्नु भएको हो । 
प्रतिवेदन हस्तान्तरण पछि डा. हरिवंश झाले प्रदेशको नाम र राजधानी बारे जनता र जनप्रतिनिधिहरुको राय संकलन गर्न आठ वटै जिल्लाको सदरमुकाममा सार्वजनिक कार्यक्रमको आयोजना गरि जनप्रतिनिधि, नागरिक समाज, पेशागत संघ संगठन र सर्वसाधारण समेतको राय संकलन गरि प्रतिवेदन तैयार पारिएको बताउनुभयो । 
कार्यक्रममा मुख्यमन्त्री राउतले आयोगले जनभावना अनुरुप प्रस्तुत गरेको प्रतिवेदन माथि मन्त्री परिषदका छलफल गरि नाम र राजधानी सम्बन्धी प्रस्ताव प्रदेश सभामा लैजानै प्रतिवद्धता जनाउनु भयो । 
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, सुझाव संकलन आयोगका सदस्यहरु सहितको उपस्थिति रहेको थियो ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *