जनकपुृरधाम
प्रदेश नं.२ को जनकपुर एयरपोर्टमा पहिलो पटक हवाई इन्धन रिफयुलिङ सेन्टरको उदघाटन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले शुक्रवार जनकपुर एयरपोर्टमा आयोजित एक कार्यक्रमका विच बुद्ध एयरमा इवाई इन्धन भरेर रिफयुलिङ कार्यको शुभारम्भ गरेका छन ।
हवाई इन्धन रिफयुलिङ कार्यको शुभारम्भ गर्दै मन्त्रि यादवले यस प्रदेशको जनकपुरस्थित एयरपोर्टमा पहिलो पटक रिफयुलिङ कार्यले हामी सवैलाई उत्साहित बनाएको बताएका छन । उनले भने यस कार्यमा नेपाल आयल निगम, नागरिक उडडयन प्राधिकरण, नागरिक समाज, प्रदेश सरकार र स्थानिय सरकारको साथै हवाइ जहाज कम्पनीहरुको अथक प्रयासले जनकपुर एयरपोर्टलाई स्तरोन्नतीको लागि रिफयुलिङ कार्यले सहयोग पुग्ने बताएका छन ।
मन्त्रि यादवले आफु कुनै वेला जनकपुरमा आउनको लागि ५० रुपैयामा हवाइ जहाजको यात्रा गरेको स्मरण गर्दै अहिले बदलिदो समयमा रिफयुलिङको निकै आवश्यकता रहेकाले गर्दा भारत सरकारको सहयोगमा संघिय सरकारले कार्य गरेको बताए । उनले भने अहिले तराई मधेश प्रदेश नं.२ को ८ वटै जिल्ला बाढीले आक्रान्त भएको बेलामा हेलिकप्टरमा चाहिने इन्धन समेत काठमाण्डौ र विराटनगरबाट लिएर आउनुपर्ने बाध्यता रहेकोमा अव यस रिफयुलिङ सेन्टरको स्थापनाले दुईतर्फी रुपमा काठमाण्डौबाट इन्धन बोकेर हवाई जहाजलाई आउनुपर्ने बाध्यता हटने बताएका छन ।


एक अर्को प्रसङमा बोल्दै मन्त्रि यादवले प्रदेश नं.२ को सरकारले जनकपुर चुरोट कारखानालाई बन्धक बनाएर राखेको टिप्पणी गरेका छन । प्रदेश नं.२ मानव सुचाङकको रुपमा निकै पछाडि परि रहेको बेलामा यहाँको बढदो बेरोजगारी समस्या हल गर्न वर्षौदेखि बन्द रहेको चुरोट कारखानाको संचालन गर्नुपर्ने आवश्यकता रहेकाले गर्दा कम्तीमा भएपनि प्रदेश सरकारको अर्को आफनो भवनको व्यवस्थापन नहुञ्जेलसम्मको लागि कारखाना एरियालाई मुक्त गर्न आग्रह गर्ने गरेकोमा उल्टै देखाइ दिने भनेर प्रदेश सरकारले ढाढस देखाउने गरेको बताएका थिए । उनले भने प्रदेशको समुन्नत विकासको लागि बन्द रहेको कल, कारखानाहरुलाई संचालनमा ल्याउनुको सटटा देखाई दिने भन्दै धम्की नदिन भन्दै उनले सामुहिकताका साथ सवैको चाहना र आवश्यकतालाई बुझेर संघ, प्रदेश र स्थानिय सरकारले काम गर्नु पर्ने बताएका छन ।
कार्यक्रममा प्रदेश नं.२ का उद्योग,पर्यटन, वन तथा वातावरणमन्त्रि रामनरेश राय यादवले प्रदेश नं.२ को जनकपुर एयरपोर्टमा रिफयुलिङ सेन्टरलाइ विस्तार गर्दै प्रदेश २ को राजविराम र बाराको सिमरा एयरपोर्टमा समेत रिफयुलिङ सेन्टर स्थापना गरि प्रदेश सरकारलाई सहयोग गर्न संघिय सरकारलाई आह्वान गरेका छन । उनले भने अहिले प्रदेश २ बाढीले डु्वानमा परेको छ, उद्धार गर्न हेलिकप्टर ल्याउँदा पनि इन्धन समस्या भएर विराटनगर र काठडमाण्डौ जानुपर्ने बाध्यता थियो, नाइटभिजनको सुरुवात हुन नसकेकाले यसमा सहयोग गर्न आग्रह गर्दै प्रदेश सरकारले बाढी पिडितको राहतका लागि मन्त्रिपरिषदको निर्णय गदै २ करोडको राहत बाडने र अझै पूर्वाधार निमार्ण र राहतको लागि २५ अर्व रुपैया संघिय सरकारसंग माग गर्ने निर्णय भएको बताएका थिए ।



You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *