जनकपुरधाम, जेठ ८ । मुख्यमन्त्री लालबाबु राउतले प्रथम स्वर्णपदक विजेता अजित कुमार यादवलाई आज पुरस्कृत गर्नु भएको छ । 
चैत महिनामा हङकङमा सम्पन्न थर्ड एसियन युथ एथलेटिक्स च्याम्पीयनशिप २०१९का स्वर्ण पदक विजेता सप्तरी राजविराज १२ निवासी यादवलाई मुख्यमन्त्री राउतले पाँच लाख एगारह हजारको चेक हस्तान्तरण गर्दै पुरस्कृत गर्नु भएको हो । 
३ हजार मिटरको दौड ८ मिनेट ३० सेकेण्डमा पुरा गर्दै यादव स्वर्ण पदक विजेता भएका हुन । नेपालको इतिहासमा एथलेटिक्समा स्वर्ण पदक जित्ने अजित पहिलो खेलाडी हुन ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *