प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आइतबार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस हुने भएको हो । सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट पाँचजना कानुन व्यवसायीले आइतबार बहस गर्ने छन् । उनीहरुका लागि छुट्टाइएको दुई घण्टाको समयमा बहस सकिएपछि निवेदकका तर्फबाट जवाफी बहस सुरु गरिने सर्वोच्चले जनाएको हो। नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने तथा प्रतिनिधि सभा विघटनको घोषणा रद्द गर्न मागसहित १ सय ४६ सांसदको तर्फबाट दायर रिटमा सुनुवाइ चलिरहेको हो । जवाफी बहस भोलि सकिने सम्भावना छ । त्यसपछि नेपाल बार एशोसियनका तर्फबाट गएका एमिकस क्यूरीले बहस गर्न दुई घण्टा समय निर्धारण गरिएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *