प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाई मंगलबार पनि संवैधानिक इजलासमा निरन्तर रहने भएको हो । अस्ति भएको सुनुवाइको क्रममा कानुन व्यवसायीले इजलासमा रहेका केही न्यायाधीशको बारेमा प्रश्न उठाएपछि सुनवाइ रोकेर हेर्दाहेर्दैमा मंगलबारका लािग राखिएका थिए । न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासमा रहने कि नरहने भन्ने टुङ्गो मंगलबार इजलासबाटै लाग्ने सम्भावना हो । विघटित प्रतिनिधि सभाका १ सय ४६ जना सदस्यका वकिलहरूले न्यायाधीश केसी र श्रेष्ठले इजलास छाड्नु पर्ने माग गरेका छन् । दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटनसँग सम्बन्धित ३० वटा रिट निवेदनको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्द मोहन भट्टराई, केसी र श्रेष्ठ रहेको इजलास तोक्नुभएको हो । प्रधानन्यायाधीश जबराले संयुक्त रूपमा र न्यायाधीशहरूबीच बेग्ला–बेग्लै छलफल गर्नुभएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *