प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दाको सुनुवाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा आईतवारदेखि पुनः निरन्तर हुनेभएको हो । संवैधानिक इजलासमा अस्तिदेखि सुनुवाइ सुरु भए पनि समय अभावका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको थिए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले गत बिहीबार १९ वटा रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि थप सुनुवाइका लागि संवैधानिक इजलासमा पठाउने आदेश जारी गरेको थिए । संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहनुभएको छन् । गत शुक्रबार न्यायाधीश श्रेष्ठको इजलासमा उपस्थितिप्रति भने कानुन व्यवसायीहरूले प्रश्न उठाएका थियो । गत फागुन २३ गते एमाले र माओवादी केन्द्रको एकतालाई निवेदकको माग दाबीभन्दा बाहिर गएर निर्णय लिँदा उहाँको भूमिका भएको भन्दै कानुन व्यवसायीहरूले विरोध जनाएका थिए । वकिलहरूले आईतवार पनि यो विषयलाई प्रमुुखताका साथ उठाउने तयारी गरेका छन् । निवर्तमान प्रतिनिधि सभाका १ सय ४६ सदस्यसहितका २६ रिट निवेदन संसद पुनःस्थापन गर्नुपर्ने भन्दै सर्वोच्चमा परेका छन् । प्रतिनिधिसभा पुनःस्थापना गरि नेपालको संविधानको धारा ७६ (५) बमोजिम काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेशको माग गरि निवर्तमान सांसदले रिट निवेदन दर्ता गरेका छन् भने बाँकी रिट निवेदनमा प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएकाले पुनःस्थापनाको माग गरिएको छन्

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *