प्रतिनिधि सभाको बैठक आज बस्दै हो । दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएका छन् । यसअघि कात्तिक ९ गतेका लागि बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने भन्दै आजलाई सारिएको हो । प्रतिनिधि सभाको अघिल्लो बैठक असोज २२ गते बसेको थिए । गत भदौ २३ देखि बसेको संसद् बैठकले प्रमुख प्रतिपक्षी एमालेको नाराबाजी कै बीच पनि सदनको काम अघि बढाउँदै आएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *