प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा शुक्रबार पनि संवैधानिक इजलासमा बहस हुने भएको हो । रिट निवेदकको तर्फका कानुन व्यवसायीले अस्ति र हिजो लगातार बहस गरेका थिए । रिट निवेदक र सरकारी पक्षलाई सर्वोच्च अदाललते १५/१५ घण्टाको समय निर्धारण गरेका हो । रिट निवेदकको तर्फबाट बहसका लागि आब ४ घण्टा ४५ मिनेट समय बाँकी हो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कानुन व्यवसायीले बहस गर्नेछन् ।

हालसम्म रिट निवेदकको तर्फबाट बहसमा भाग लिएका कानुन व्यवसायीहरूले संसद् पुनस्र्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न र शपथ गराउन सर्वोच्च अदालतले आदेश दिनुपर्ने माग गरेका छन् । बिहीबारको बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ता हरि उप्रेतीले राष्ट्रपति विवादमा परेको र निष्पक्ष समेत नरहेकाले फेरि पनि संविधानअनुसार अगाडि बढ्नेमा प्रश्न उठाउनुभए । वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले अदालतबाटै प्रस्ट आदेश आउनुपर्ने बताउनुभए । वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले धारा ७६ को उपधारा (३) अनुसार नै केपी ओली अयोग्य भएकाले मार्गप्रशस्त गर्छु भनेपछि फेरि प्रधानमन्त्रीको दावी पेश गर्न नमिल्ने जिकिर गर्नुभए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *