प्रतिनिधिसभाको बैठक मंगलबार बस्दै छ । संघीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । सर्वोच्च अदालतको आदेशसँगै पुनःस्र्थापनापछि पाँचौ पटक बस्न लागेको मंगलबार को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ र ‘महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यक्रम रहेको संसद सचिवालयले जनाएको हो । सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंगलबारको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७’ पेस गर्नुहुने छ

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *