प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम रामानन्द चोकमा संचालित प्यानोरामा मसल्स बैंक फिटनेस जिम क्लबप्रति युवाहरुको आकर्षण बढेको छ । रोगहरु लाग्न नदिन र शारिरिक तन्दुरुस्तीका लागि वैज्ञानिक मापदण्ड अनुसारको फिटनेस सेन्टर जनकपुरमै सञ्चालनमा आएपछि युवाहरु आकर्षित हुन थालेका हुन । बिगत केही दिन पहिला मात्र फिटनेस जिम क्लब सञ्चालनमा ल्याइएको छ ।

स्थानीय युवा राकेश यादवले स्थापना गरेको सो फिटनेस सेन्टरमा खेलाडी, कलाकार, कर्मचारी लगायत सबै वर्ग लाभान्वित हुने प्यानोरामा मसल्स बैंक फिटनेस जिम क्लबका संचालक यादवले बताएका छन । युवाहरुलाई जिम सेन्टरमा व्यस्त बनाएर विकृति र कुलतमा लाग्नबाट बचाउनका लागि जिम सेन्टर स्थापना गरिएको सञ्चालक यादवले बताए । जिम सेन्टर दैनिक बिहान ५ बजेदेखि १० बजेसम्म र दिउँसो ४ बजेदेखि राती ९ बजेसम्म खुल्ने गरेको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *