गएरातिबाटै लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छन् । डिजल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छन् । मूल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय २५, डिजल तथा मट्टीतेलको १ सय ८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको निगमले जनाएको छन् ।

निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य बढाएको थियो । भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको निगमको दावी छ । मूल्य समायोजनपछि पनि निगमलाई घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपध्यायले बताउनुभयो । मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डिजल तथा मट्टीतेलमा ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको उनको दावी छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *