काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य यदुवंश झा नेकपा एमालेमा फर्किएका छन् । उनी पूर्वमन्त्री पनि हुन् । एकीकृत समाजवादीका प्रदेश २ मा प्रभावशाली नेताका रुपमा परिचित झा आइतबार एमालेमै फर्किएका हुन् । आइतबार साँझ बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् । सो अवसरमा स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सञ्जीव कुमार झासमेत उपस्थित थिए । यसअघि पनि झाले एमाले छाडेका थिए। तत्कालीन माले समाजवादीका सह–अध्यक्ष रहेका झा २०७० सालमा एमाले प्रवेश गरेका थिए । झा पहिले पनि एमालेका पोलिटब्यूरो सदस्य रहिसकेका व्यक्ति हुन् । २०६० मा एमाले परित्याग गरी मालेमा पुगेका झा २०६९ मा बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन हुँदा माले फोडेर माले समाजवादी गठन गर्दै वन मन्त्री बनेका थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *