किशोर कुमार मंडल

अषाढ ३१

पुर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रदेश नं. २ मा आउने भएका छन । नेता देउवा श्रावण १ गते प्रदेश नं. २ को बारा , पर्सा रौतहटको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको जनाईएको छ । त्यस्तै श्रावण २ गते महोतरी र धनुषाको बाढी प्रभावित क्षेत्रको अवलोकन र ३ गते सिरहा , सप्तरीको अवलोकन गर्ने जनाईएको छ । बाढीका कारण प्रदेश नं. २ का अधिकांश क्षेत्र प्रभावित भएको छ । सडक मार्ग जीर्ण बनेको छ भने पुल बाढीले बगाउंदा आवागमन समेत प्रभावित भएको छ ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *