सर्वोच्च अदालतले पुर्नस्थापना गरेपछि प्रतिनिधिसभाको अधिवेशन आईतबाट शुुरु हुुँदैछ । आईतबाट सुरु हुने संसदको सातौं अधिवेशनका लागि अपराह्न चार बजेका लागि बैठक बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । तर सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न आदेश दिएको थियो । सोहीअनुसार पुनःस्थापित संसदको हिउँदे आईतबाट अधिवेशन सुरु हुन लागेको छ । नेकपा दुई खेमामा बाँडिए पनि औपचारिक रुपमा विभाजित नभइसकेको र दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेको अवस्थामा बस्न लागेको संसद बैठकलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओली भने विश्वासको मत नलिने र अविश्वासको प्रस्ताव आए सामना गर्ने रणनीतिमा हुनुहुन्छ । यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन हुने छ । त्यसपछि राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पनि वाचन गरिने छ । विधेयक अधिवेशनका रुपमा रहने यो हिँउदे अधिवेशनमा प्रतिनिधिसभामा विचाराधीन विभिन्न विधेयकहरु पनि पेश हुने छन् । बैठकमा प्रतिनिधिसभाका बहालवाला तथा यसअघिका सांसदहरु गरी १४ जनाको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची पनि छ । संसद बैठकको अन्तिम कार्यसूची भने कार्यव्यवस्थाप परामर्श समितिको बैठकले टुङ्गो लगाउने छ ।
यसैबीच, प्रतिनिधिसभाको आईत बस्ने बैठकको ठीक अघि दिउँसो तीन बजे ‘लोकतन्त्र मार्च’ प्रदर्शन गरिने भएको छ । संसद्लाई खबरदारी गर्न मार्च प्रदर्शन गरिने नागरिक समाजको अगुवाको रूपमा देखिएका पत्रकार नारायण वाग्लेले बताउनुभयो । प्रदर्शन माइतीघर मण्डलामा हुने छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *