भाद्र १८
नेपाल प्रेस युनियन धनुषाले जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत सूचना प्रविधि मन्त्रालयलाई ज्ञापन—पत्र बुझाएका छन । बुधवार नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन कुमार सिंहको अगुवाईमा गएका पत्रकारहरुका टोलीले ज्ञापन—पत्र बुझाएका हुन । रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर रेडियो प्रसार विकास समितिले कामबाट हटाईएकाले अल्टिमेटमसहित तत्काल पुनःबहालीको मांग गर्दै ज्ञापन—पत्र बुझाएको हो । युनियनले तीनै जना पत्रकारहरुलाई तत्काल पुर्नवहाली गर्न यस अघि पटक पटक दबाब दिदै आएपनि रेडियो नेपालको व्यवस्थापन पक्षले कुनै सुनुवाई नगरेकाले बैठकले भदौ १८ गते विहान ११ बजे देशभरीका प्रेस युनियनका शाखालाई सम्बन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने निर्देशन अनुरुप ज्ञापनपत्र बुझाईएको अध्यक्ष सिंहले जानकारी दिएका छन ।
साथै अन्य सरकारी सञ्चारमाध्यममा पनि वर्तमान सरकारले लामो समयदेखि काम गरिरहेका व्यवसायिक पत्रकारलाई निष्कासन गरी आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्ने तथा स्टिङगरको म्याद थप नगरेकोप्रति युनियनको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता क्रियाकलापको विरोध एवं भत्सर्ना गर्दै तत्काल सच्याउन माग युनियनले गरेको छ ।
त्यस्तै प्रेस स्वतन्त्रता विरोधी विभिन्न प्रावधान रहेको र सर्वत्र विरोध भएपछि केही समय स्थगन गरिएको मिडिया काउन्सिल विधेयक सरोकारवाला संघसस्थासँग कुनै सल्लाह र परामर्श नगरी एकाएक राष्ट्रियसभाबाट प्रक्रिया अघि बढाएकोप्रति युनियनको ध्यानाकर्षण भएकोे छ । सरोकारवालाहरुको मागलाई सम्बोधन गर्दै संसदमा रहेका दलहरुको सहमतिबाटै मिडिया काउन्सिल लगायत विधेयक पारित गर्न युनियनले मांग गरेको छ ।
यसैगरी सरोकारवालाहरुसँगको सहमतिको हवाला दिदै विवादास्पद प्रावधानलाई राखेर प्रेस काउन्सिलले असोज ६ गतेबाट आचारसंहिता लागू गर्ने भनिएकोमो असहमति जनाएको छ ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *