साल फेरिए, दिन फेरिए तर स्थानीयका दुख भने अझै उस्तै रहेका छन् । सदियौंदेखि कुपर्थाको रुपमा रहेको जातीय छुवाछुतका कारण अहिले पनि दलित समुदाय अझैँ पछाडि परेका छन् । एक समुदाय हो, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ३ जुकोटमा रहेको दलित समुदाय । स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ३ जुकोटमा कम्तीमा २ सयभन्दा बढी दलित घरपरिवार बसोबास गरेका छन् । उनीहरुले सदियौंदेखि अरुको काम गर्ने, पुर्खौली पेसा भाँडा बनाउने, हलो बनाउने र कपडा सिलाउने गरेका छन् । दलित समुदायका २ सय परिवारले दिन भरी उनीहरुको काम गरेर साँझपख एक छाक टार्नका लागि मालिकले दिएको २ माना चामल र पिठोले दिन काटिरहेको स्थानिय श्रीराम कडाराको गुनासो छन् । बजारतिर भएको भए कम्तीको दिनमा ५ सय कमाइ हुन्थो तर हामीहरुलाई भने एक छाक टार्न पनि नपुग्ने दुई माना चामल र पिठो दिन्छन, उहाँले दुख पोख्नु भएका छन् । विश्व कोरोनाको चपेटामा छ तर हामी पेट पाल्नकै लागि भए पनि दिन नबिराएर उनीहरुको काम गरिरहेका छौं, एक दिन जंगलमा गएर कोइला गोल बनाएर ल्याउछौं, पछिल्लो दिन भाँडा बनाउछौं तर साँझ पख हाम्रो हातमा त्यही चामल हुन्छ, अर्काै स्थानीय विरसिँगे लवारले भन्नु भएका छन् ।
सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

प्रशासकीय अधिकृतको निधनपछि धनुषा प्रशासनको सेवा स्थगित

धनुषा क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने जुलीको घोषणा

मुख्यमन्त्री कार्यालयमा १४ हजार साईकल खरिदको अर्को फाइलमाथि पनि अख्तियारको नजर

भारतको नयाँ उपराष्ट्रपति बने जगदीप धनखर

सिरहाको सौर्य सिमेन्ट उद्योगमा समाचार संकलन गर्न पुगेका दुई संचारकर्मीमाथि निर्घात कुटपिट
