नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी नयाँ ढंगले निर्माण हुने बताएका छन । उनले पार्टी फोड्ने पुष्पकमल दाहाल प्रचण्डलाई तह नलगाएसम्म मुलुक र पार्टीको विकास नहुने बताएका छन् । मंगलबार जनकपुरमा नेकपा ओली पक्ष धनुषाले आयोजना गरेको वृहत्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले पदका लागि अनावश्यक बखेडा गर्दै प्रधानमन्त्री र एकल अध्यक्ष बन्ने लालचमा प्रचण्ड पार्टी एकता तोड्न खोजेको आरोप लगाए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् पुर्व मन्त्री रघुविर महासेठले देशमा ओली नेतृत्वको विकल्प नरहेको बताएका छन । जनकपुरधाममा आयोजित बृहत कार्यक्रता भेलालाई सम्बोधन गर्दै नेता महासेठले ओली नेतृत्व बिनाको नेकपा कल्पना समेत गर्न नसकिने बताएका छन । जनचाहना अनुसार नै प्रधानमन्त्री केपि शर्मा ओली संसद विघटन गरि पुनः जनतामा जान चाहेको उनको भनाई थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धनुषाका अध्यक्ष राज किशोर यादवको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व मन्त्री तथा प्रदेश इन्चार्ज सत्यनारायण मंडल , शहरी बिकास मन्त्री तथा प्रदेश अध्यक्ष प्रभु साह , कानुन मन्त्री तथा केन्द्रिय सदस्य लीला नाथ श्रेष्ठ , महिला बालबालिका तथा नागरिक मन्त्री तथा केन्द्रिय सदस्य जुली महतो , प्रदेश सांसद ज्वाला साह , योगनारायण यादव, असर्फी भिन्वार लगायत केन्द्रिय सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *