सरकारले मंगलदेखि नोबेल कोरोना भाइरसबिरुद्धको दोस्रो चरणको खोप लगाउँदैछ । यसअघि पहिलो चरणको कोभिसिल्ड खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले बताउनुभयो । पहिलो चरणमा ४ लाख ३९ हजारले कोभिशिल्ड खोप लगाएका थिए । उनीहरूलाई मुलुकभरका ९ सय ५३ वटा खोप केन्द्रबाट दोस्रो मात्रा दिइने उहाँको भनाइ हो । ज्वरो आएका वा कुनै स्वास्थ्य समस्या भएका व्यक्तिले भने खोप लगाउन मिल्दैन । खोप लगाएपछि पनि दुरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले हात धुनु बानी कायम राख्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो । खोप लगाउनका लागि काठमाडौँ उपत्यकामा मात्र १९ भन्दा धेरै केन्द्रहरू तोकिएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *