नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको दोश्रो जिल्ला अधिवेशन शनिवार जनकपुरमा सम्पन्न भएको छ । अधिवेशनबाट अनिरुद्ध साहको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको छ । नव गठित कार्यसमितिको उपाध्यक्षमा राजकिशोर सलहैता, सचिवमा राजिव यादव, सह(सचिवमा कमलेश कुमार झा र कोषाध्यक्षमा दिपक कुमार यादव सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राकेश कुमार यादव, मनमोहन झा , लालवावु साह , प्रेमकुमार यादव, शिवकुमार यादव र सन्तोष कुमार महतो रहेका छन् ।
एक गाउँ एक पशु प्राविधिक स्वास्थ्यकर्मीको अवधारणा अन्तर्गत गाउँ गाउँमा नियुक्त भएका प्राविधिकहरुको संगठित भएका छन् । संघियतासंगै पशु कार्यालय स्थानिय तहमा समावेश भएपछि स्थानिय सरकारले वेवास्ता गर्दै पशु स्वास्थ्य प्राविधिकहरुको तलव दिन आनाकानी गर्दै आएकाले गर्दा स्वास्थ्यकर्मीहरु संगठित हुदै आफना जिल्ला जिल्लामा कार्यसमिति गठन गरेका हुन ।
नेपाली काग्रेसका धनुषा सभापति महेशशंकर गिरीको प्रमुख आतिथ्यमा भएको उदघाटन सत्रमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका केन्द्रिय उपाध्यक्ष पुष्कर नेपाल , नेपाली काग्रेस महासमिति सदस्य प्रफुल्लराज घिमिरे, काग्रेस धनुषाका सदस्य प्रवेश चौधरी, नेपाली काग्रेस जनकपुर नगर समितिका अध्यक्ष मनोजकुमार साह, नेपाल निजामति युनियन संघ प्रदेश २ का अध्यक्ष राजकिशोर राउतले सम्बोधन गरेका थिए ।
पशु स्वास्थ्य सेवा प्राविधिक संघका प्रदेश २ उपाध्यक्ष युगलकिशोर सिंह, युनियन संघका केन्द्रिय सदस्य शंकर सिंह, प्राविधिक संघका केन्द्रिय कोषाध्यक्ष अशोस्थया अर्याल, युनियन संघ महोत्तरीका अध्यक्ष जितेन्द्रप्रसाद सिंह, आधिकारिक ट्रेड युनियन महोत्तरीका सचिव विजय कुमार चौधरी लगायतले आफनो मनतब्य राखेका थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *