पशु चिकित्सकहरुको अचार संहिता कार्यन्वयन सम्बन्धि अन्तरक्रिया कार्यक्रम जनकपुरमा सम्पन्न भएको छ । नेपाल पशु चिकित्सा परिषद तथा नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा प्रदेश २ का सम्पुर्ण दर्तावाल पशु चिकित्सकहरुको अचार संहिता कार्यन्वयन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । जनकपुरको मत्सय मानव संसाधन बिकास तथा प्रबिधि प्रशिक्षण केन्द्रको तालिम भवनमा भएको सो कार्यक्रममा पशु सेवा बिभागका महानिर्देशक डा.बंशी शर्मा,नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डा.सिताराम आर्याल ,उपाध्यक्ष डा.राम कृष्ण खतिवडा, रजिस्टार डा.नारायण प्रसाद घिमिरे,सदस्य डा.नरेश प्रसाद जोशी,पशु प्रजनन केन्द्र,लहान का प्रमुख डा.सुधिर सिंह ,भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र जनकपुरका प्रमुख डा.शम्भु शाह का साथै केन्द्रीय नेपाल भेटेरिनरी एसोसिएसन का अध्यक्ष डा.शितलकाजी श्रेष्ठ का साथै नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश २ का अध्यक्ष डा.जयप्रकाश यादब,उपाध्यक्ष डा.सुनिल कुमार यादव,सचिब डा.पुषपेन्द्र साह,कोषअध्यक्ष डा.भरत झा,सदस्य डा.प्रदीप कुमार मण्डल तथा डा.सुमन कुमार सिंह पशु चिकित्सक डा.रन्जित कुमार अधिकरी,डा.पवन कुमार झा,डा.दिपेन्द्र पण्डितले आ आफ्नो मन्तव्य तथा सुझाब पेश गरेका थिए कार्यक्रम मा उपस्थित सेवा निर्वीत वरिष्ठ पशु चिकित्सक डा.महन्थ यादव,डा.देवनन्दन साह ले गुणस्तर पशु सेवा तथा सम्पुर्ण ठाउँमा पशु सेवा सम्बन्धी सेवा सुबिधा को पहुच हुनु पर्ने तथा सम्पुर्ण पशु चिकित्सक ले आफ्नो मा समन्वय गरि अगाडि बढ्ने तथा सम्पुर्ण पशु चिकित्सक ले अचार संहिता पालन गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रम मा पशु चिकित्सक डा.अजय शाह तथा डा. श्याम दहाल को उपस्थिति थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *