जनकपुरमा शनिवार “पत्रकार सुरक्षा र दण्डहीनता” विषयक एक दिने विचार गोष्ठी सम्पन्न भएको छ । फ्रिडम फोरम नेपालको आयोजनामा भएको सो कार्यक्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र क्ुमार यादवले प्रदेश २ मा पत्रकारमैत्री कानुन निर्माण हुने प्रतिवद्धता जनाएका छन । प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले बिगतमा संचार विधेयक र सुचनाको हकको विधेयकमा केही कमी कमजोरी देखिए पनि त्यसमाथि पत्रकार मित्रहरुसंग छलफल गरि संशोधन गरेर मात्र आउने बताएका छन । पत्रकारहरुको सुरक्षा र अभिव्यतिm स्वतन्त्रताप्रति आफु सम्बेदनशिल रहेको बताउंदै कुनै किसिमको समस्या भए निर्धक्क भएर राख्न सबैलाई आग्रह गरेका छन । हरेक वर्ष नोभेम्बर २ लाई पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस को रुपमा विश्वभर मनाइने गरिन्छ ।
पत्रकार तथा मिडियाकर्मी विरुद्ध हुने अपराधसम्बन्धी दन्डहीनता अन्त्य गर्नका लागि विश्वभर ऐक्यवद्धता जनाउने, जनचेतना जगाउने, पीडित पत्रकारको न्यायको लागि वकालत गर्ने उद्देश्यले यो अन्तर्राष्ट्रिय दिवस मनाउन शुरु गरिएको हो । सन् २००९ मा फिलिपिन्सको एम्पातुयन हत्याकाण्ड (मागुइडानो हत्याकाण्ड) मा मारिएका ३२ पत्रकार तथा मिडियाकर्मीको सम्झनामा विश्वभरका अभिव्यक्ति स्वतन्त्रताप्रेमी संघ, संस्थाले गरेको वकालतको परिणामस्वरुप संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१३ देखि यो दिवसलाई संसारभर मनाउने निर्णय गरेको थियो ।

विगत एक दशक देखि नेपालमा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको हक हितका लागि काम गर्दै आएको यस संस्थाले यसपटक पनि यो अन्तर्राष्ट्रिय दिवस राष्ट्रव्यापी रुपमा नोभेम्बर महिना भरी मनाउदै छ । फ्रिडम फोरम नेपालका अध्यक्ष हरिबिनोद अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा फ्रिडम फोरम नेपाल प्रदेश नं. २ का संयोजक राजन कुमार सिंहले सहजीकरण गरेका थिए ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *