पत्रकार दिपेश मल्लिकलाई पितृ शोक परेको छ । नेपाल प्रेस युनियन धनुषाका सल्लाहकार एवम् सितायन साप्ताहिकका सम्पादक समेत रहेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर १० हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर ८ निवासी मल्लिकका बुवा रामचन्द्र मल्लिकको ७५ वर्षको उमेरमा आज बिहान ३ बजे निधन भएको छ । उनी विगत केहि समय देखी हृदय रोगबाट पीडित थिए । मल्लिकको घरमै निधन भएको पारिवारिक श्रोतले बताएको छ । उनको आजै दिउंसो १ बजे दुधमति नदीको घाटमा दाहसंस्कार गरिने जनाईएको छ । उनका तीन छोरा र एक छोरी रहेका छन् । पत्रकार मल्लिक उनका कान्छा सुपुत्र हुन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *