नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सोमवार आफ्नो ५२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएका छन । नेवि संघले जनकपुरको जनक चोकमा दिप प्रज्वलन गरेका छन । ‘कोरोना जोखिमलाई मध्यनजर गर्दै समान्य रुपमा कार्यक्रम गरिएको नेवि संघका पुर्व केन्द्रिय सदस्य संजिव यादवले बताएका छन । नेवि संघ रा.रा.ब.ईकाई सभापति सुजित कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेवि संघका पुर्व केन्द्रिय सदस्य नवल किशोर यादव प्रमुख अतिथि रहेका थिए । २०२७ वैशाख ६ गते जेलभित्र नेविसंघको स्थापना भएको थियो । ‘प्रजातान्त्रिक युवा लिग’ गठन गरेर नेपाल विद्यार्थी संघको प्रारूप चित्र कोर्ने प्रयास भएको पाइन्छ । त्यो सँगै देशभित्रका पनि विभिन्न क्याम्पसहरूमा सम्मेलन तयारी समिति गठन गरी २०२७ वैशाख ६, ७ र ८ गते अखिल नेपाल विद्यार्थी सम्मेलन गर्ने मिति तय गरिएको थियो । यसैबाट नेपाल विद्यार्थी संघको औपचारिक जन्म भएको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *