नेपालका केही भूभागलाई भारतले आफ्नो नक्साभित्र समावेश गरेको विरोधमा जनकपुरमा नेपाल विद्यार्थी संघ रा.रा.ब. ईकाई कमिटिले शनिवार सांझ विरोध प्रदर्शन गरेका छन । ‘गोे ब्याक इण्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’ लगायतका नारा लेखिएको कालो ब्यानरसहित भानु चोकबाट निस्केको विद्यार्थीहरुले बजार परिक्रमा गर्दै जनक चोकमा पुगी सम्पन्न भएको थियो । विरोध प्रर्दशन गर्दै विद्यार्थी नेताहरुले भारतको ज्यादती र थिचोमिचो सहेर बस्न नसक्ने चेतावनी दिएका छन् ।

विरोधमा उत्रिएका विद्यार्थीहरुले पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरेका छन् । विरोध कार्यक्रममा नेवि संघका बिद्यार्थीहरुले भारतले नेपालको सिमाना मिच्ने कार्य वर्षौंदेखि गरिरहेको भन्दै भारतीय विस्तारवादको डटेर सामना गर्नका लागि तयार रहन समेत आग्रह गरेका थिए । नेपाल विद्यार्थी संघ रा.रा.ब. ईकाई सभापति सुजित यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य संजिव यादव , जगदीश चौधरी , पुष्पेन्द्र गोईत , राजेश कर्ण , उदित मिश्रा सहितका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *