नेपाल भ्रष्टाचार व्याप्त हुने देशको श्रेणीमै रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलले हिजो सार्वजनिक गरेको सूचकाङ्कमा नेपाल ३३ अङ्कसहित ११७ औं स्थानमा छ । गत वर्ष पनि नेपाल, ३३ अङ्क नै ल्याएर ११७ औं स्थान मै थियो । अघिल्लो र यस वर्ष नेपालको अङ्क स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको देखिन्छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलले १८० देशमा भ्रष्टाचारको अवस्था अध्ययन गर्ने गरेको छ । प्रतिवेदन अनुसार १८० देशमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्ड कुल १०० मा ८८ अङ्कसहित कम भ्रष्टाचार हुने देशमा परेका छन् । दक्षिण सुडान भने ११ अङ्क मात्र ल्याएर सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा सुचीकृत भएको छ । विश्वभरी नै भ्रष्टाचार विरोधी प्रयासमा भएको कमि र शिथिलताले गर्दा मानवअधिकार र लोकतन्त्र धरापमा परेको ट्रान्सपरेन्सी इन्टरनेश्नलले जनाएको छ । संसारभरि नै भ्रष्टाचार घट्न नसकेको र ८६ प्रतिशत देशले एक दशकसम्म पनि कुनै प्रगति हाँसिल नगरेको देखिएको छ । नागरिक हकअधिकार कमजोर भएका देशमा भ्रष्टाचार रहने, मानवअधिकार हनन हुने, लोकतन्त्रको स्तर घट्ने, अधिनायकवाद बढ्ने र भ्रष्टाचारमा थप बढ्ने ट्रान्सपरेन्सी इन्टरनेश्नलले जनाएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *