जनकपुरधाम । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले केही जिल्ला प्रहरी प्रमुखसहित २२ जनाको सरुवा गरेका हुन् । प्रहरी प्रधान कार्यालय मानवश्रोत विभागले शनिबार राति सार्वजनिक गरेको सरुवा सूचीमा अनुराग कुमार द्विवेदी मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट सुप प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सरुवा भएका छन् । अविनारायण काफ्ले अख्तियार केन्द्रीय कार्यालय टंगालबाट जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा भएका छन् । कृष्ण प्रसाई जिल्ला प्रहरी कार्यालय सर्लाही, दिनेशराज मैनाली महानगरीय प्रहरी परिसर काठमाडौं, बसन्त रौजरे जिल्ला प्रहरी कार्यालय धनुषा, रमेशकुमार बस्नेत पर्सा, राकेश सिंह जिल्ला प्रहरी कार्यालय धनुषा भएका छन् । एसपीहरु राजेन्द्रबाबु रेग्मी जिल्ला प्रहरी कार्यालय तनहुँ, रामप्रकाश शाह जिल्ला प्रहरी कार्यालय नुवाकोट, सुरेन्द्रबहादुर गुरुङ्ग मकवानपुर, सोमेन्द्रसिंह राठोर यूएन जगेडा, होबिन्द्र बोगटी कानून शाखा नक्साल सरुवा भएका छन् । हेर्नुहोस् सूची ः

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *