बहराइनका परराष्ट्र सचिव डा. शेख बिन अहमद बिन अब्दुल्ला अल खालिफाले नेपाली श्रमिकको प्रशंसा गरेका छन् । बुधबार बहराइनका लागि कार्यवाहक राजदूत अरुणा घिसिङसँगको शिष्टाचार भेटमा सचिव शेख अब्दुल्लाले बहराइनमा कार्यरत नेपालीको कर्तव्यनिष्ठताको उच्च प्रशंसा गरेको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । भेटमा सचिव शेख अब्बदुल्लाले नेपाल र बहराइनबीचको सम्बन्धलाई मित्रवत् तथा समस्या रहित रहेको पनि बताएका छन् । आउँदा दिनमा नेपाल र बहराइनबीचको कूटनैतिक, आर्थिक, सामाजिक, पर्यटन लगायत सम्बन्ध थप प्रगाढ बनाउने विषयमा पनि छलफल भएको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *