नेपाली राष्ट्रिय फुटबल टिमले आउँदो महिना अफ्रिकी राष्ट्र मोरिसससँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो । आउँदो जनवरी २९ अर्थात माघ १५ र फेब्रअरी १ अर्थात माघ १८ गते मोरिसससँगै मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको हो । यो खेल दशरथ रंगशालामा हुनेछ । मोरिसिस फिफा वरीयतामा १ सय ७२ औं स्थानमा हो ।
