नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण मंगलबारबाट सुरु हुने भएको हो । क्यानका म्यानेजर विनोद दासले टिमको बन्द प्रशिक्षणको तालिका हिजोबाट भए पनि खेलाडीहरूले औपचारिक रुपमा मंगलबारबाट अभ्यास गर्ने जानकारी दिनुभए । स्पेनमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी सुरु गर्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमको प्रशिक्षण मंगलबारबाट कीर्तिपुरस्थित टियु मैदानमा हुने जनाएको हो । क्यानले प्रशिक्षणमा सहभागी हुने १९ खेलाडी र ३ अफिसियलको कोरोना परिक्षण गरिसकेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *