भाद्र १५
धनुषाको शहरी तथा ग्रामीण क्षेत्रहरुमा नक्कली चुरोटको अवैध बिक्री–वितरण भएको पाइएको छ । जिल्लाको ग्रामीण र शहरी क्षेत्रमा अवैध सुर्तिजन्य पदार्थको बिक्री–वितरण भइरहेको पाइएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७१र७२ देखि लागू हुने गरी सुर्तिजन्य पदार्थमा कडाइ गरे पनि कार्यान्वयन पक्ष फितलो भएका कारण सुर्तिजन्य पदार्थको अवैध कारोबार मौलाउँदै गएको छ । आईतवार जिल्ला प्रहरी कार्यालय धनुषाको अनुगमन टोलीले धनुषाको मिथिला बिहारी नगरपालिका तारापटी बजारबाट छापा मारी खुकुरी ब्राण्डको नक्कली चुरोट बिक्री–वितरण भएको फेला पारेको छ । खास गरी धनुषाको शहिदनगर नगरपालिकामा नक्कली चुरोट बढी बिक्री वितरण हुने गरेको देखिएको छ । यस अघि महोतरी , सर्लाही र सिरहामा समेत खुकुरी ब्राण्डको नक्कली चुरोट बरामद भई सकेको छ ।

जिल्लाको भारतीय सिमानाकाबाट निर्वाध रुपमा भारतीय सामान ल्याई बिक्री–वितरण हुने गरेको दाबी पनि समाचार स्रोतले गरेको छ । सुर्तिजन्य ऐन २०६८ ले सार्वजनिक स्थलमा चुरोट, बिडी, गुट्खा र कंकड सेवनमा रोक लगाएको छ । त्यसैगरी सुर्तिजन्य पदार्थको प्याकेटमा ७५ प्रतिशत भाग खतरामूलक सन्देशको चित्र छापिएको हुनुपर्ने छ । तर, कानुनमा व्यवस्था भएअनुसार सम्बन्धित निकायबाट समयमा बजार अनुगमन नहुँदा अहिले बजारमा मापदण्ड विपरीत उत्पादन भएको सुर्ति तथा सुर्तिजन्य पदार्थहरु खुलेआम बिक्री–वितरण भएको भेटिएको छ । भारतसँग सीमा जोडिएका ग्रामीण क्षेत्रमा नेपाली उत्पादनको नक्कल गरी भारतमा उत्पादन भएका चुरोट तथा सुर्तिजन्य पदार्थहरु खुलेआम नेपाल प्रवेश गर्दा नेपालका ग्रामीण तथा बजार क्षेत्रमा त्यस्ता नक्कली उत्पादनले प्रश्रय पाउन थालेको छ । भारतीय बजारबाट भन्सार छली ल्याइएका यस्ता पदार्थ खुलेआम पाउन थालेपछि लाखौंको राजस्व सरकारले गुमाइरहेको छ । नाम चलेका नेपाली उत्पादक कम्पनीहरु अहिले नक्कली चुरोटको घटनाले स्वदेशी उद्योग नै धरासायी हुने खतरा बढेर गएको छ ।

शहर तथा गाउँका चिया पसल किराना पसल होटलहरुमा समेत चुरोट र गुट्खाहरु बिक्री–वितरणको लागि राखेको भेटिन्छ । माग बढेसँगै अवैधरुपमा विना स्टिकर उत्पादन भएका स्वदेशी गुट्खा एवं भारतीय नक्कली चुरोट र गुट्खा भेटिन थालेका हुन । बजारमा सरकारी नियम पालना नगरी भारतमा उत्पादन गरिएका नक्कली चुरोट अहिले खुल्लम खुल्ला बिक्री–वितरण भइरहँदा समेत सरकारी नियमनकारी निकाय भने बेखबर जस्तो देखिएको छ ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *