पुजा कुमारी
नेपाली कांग्रेस धनुषाको सभापतिमा वर्तमान उपसभापति संतोष यादवले उम्मेदवारी घोषणा गरेका छन् । शनिवार जनकपुरधाममा एक कार्यक्रम आयोजना गरी उपसभापति यादवले संस्थापन समूहबाट जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । सभापतिको उम्मेदवारको घोषणा गर्दै यादवले अगामी निर्वाचनलाई मध्यनजर गर्दै तीनै तहको निर्वाचनमा पार्टीलाई राम्रो सिट ल्याउन जिल्ला सभापतिमा उम्मेदवारी दिने बताएका छन ।

यादवले आफूले पार्टीको संगठन विस्तारदेखि तीन तहको निर्वाचनमा धनुषाबाट पार्टीको राम्रो जित दिलाउन प्रतिबद्धता जनाए । धनुषा सभापतिमा निधी पक्षबाट क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पंजियारले यस अघि नै उम्मेदवारी घोषणा गरि सकेको छ । यता पूर्व सांसद दिनेश प्रसैला यादव र वर्तमान सचिव विश्वेश्वर यादव समेत आकांक्षी छन् । पुस २७ गते तय भएको जिल्ला अधिवेशन अव माघ १५ गते हुने कांग्रेस केन्द्रीय कार्यालयले सर्कुलेशन जारी गरेको छ । घोषणा कार्यक्रममा नेपाली कांग्रेसका सह–महमन्त्री महेन्द्र यादव , केन्द्रीय सदस्य रमेश रिजाल , आनन्द प्रसाद ढुंगाना , प्रदेश २ सभापति कृष्ण यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *