किशोर कुमार मंडल
नेपाली कांग्रेसले असार २ गते धनुषासहित देशभर बिशेष ज्ञापनपत्र बुझाउने भएको छ । कांग्रेसले केन्द्र, ७ प्रदेश, ७७ जिल्ला र बिदेश स्थित दूतावास मार्फत सरकारलाई एकसाथ बिशेष ज्ञापनपत्र दिने भएको छ । नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीको अध्यक्षतामा शनिवार बसेको पदाधिकारीहरुको बैठकले कार्यक्रम प्रभावकारी ढंगले सम्पन्न गरेर कोरोना विरुद्धको संघर्षमा प्रभावकारी ढंगले कार्य गर्न सरकारलाई व्यापक दबाब दिने निर्णय गरेको छ । कांग्रेस धनुषाले असार २ गते २ बजे जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने नेपाली कांग्रेस धनुषा अध्यक्ष महेशशंकर गिरीले जानकारी दिएका छन । देशका विभिन्न ठाउँमा केहि दिन यता भइरहेका प्रदर्सनलाई कोरोना विरुद्धको संघर्षमा केपि ओलि नेतृत्वको सरकारको असफलताप्रतिको जनअसन्तुष्टि र जनआक्रोशका रूपमा नेपाली कांग्रेसले लिएको छ । सरकारको आग्रह स्वीकारेर जनताले लक डाउनको पालना गर्दै आएपनि कोरोना विरुद्धको संघर्षलाई सबल ढंगले नेतृत्व गर्न सरकार असफल हुंदा परिस्थिति जटिल बन्दै गएको र नागरिकमा निराशा छाएको कांग्रेसको आरोप छ । प्रदर्शनमा अभिब्यक्त जनभावनालाई सम्बोधन गर्न माग गर्दै कुनै पनि ढंगले बल प्रयोग गर्ने कार्य नगर्न नेपाली कांग्रेस सरकारलाई चेतावनी दिएका छन ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *