नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । आइतबार जनकपुरको गोपल धर्मशालामा जारी अधिवेशनमा नगर सभापतिमा मनोज साह निर्विरोध चयन भएका हुन् । नगरसभापतिका लागि साहकोमात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । पार्टी उपसभापति विमेलेन्द्र निधिको पहलमा साह निर्विरोध भएको बुझिएको छ । यसअघि नगरसभापतिका लागि राकेश विक्रम साहले पनि दाबेदारी गरेका थिए । तर, उपसभापति बनाउने सहमतिपछि उनी पछि हटेको बताइएको छ । यद्यपि दुईजना उपसभापतिका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन्। साहसहित पंकज महतो, विक्रम यादव, नरेश यादव र दिनेश यादवले नगर उपसभापतिका लागि उम्मदेवारी दर्ता गराएका छन्।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *