बैशाख २१
नेपाली कांग्रेसले यहि बैशाख २५ गते हुने हिमाल , पहाड , तराई मधेश राष्ट्रिय जागरण अभियानलाई भव्य बनाउने भएको छ । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका कमिटिको शनिवार बसेको बैठकले नगरको सबै वडाबाट नेता कार्यकर्ताहरुलाई सहभागी हुन आग्रह गरेको छ । प्रत्येक वडाबाट सयौंको संख्यामा जागरण अभियानमा सहभागिता रहने नगर कमिटि अध्यक्ष मनोज कुमार साहले जानकारी दिएका छन । नेपाली कांग्रेसले यहि बैशाख २५ गते देशव्यापी राष्ट्रिय जागरण अभियान गर्दै छ । अभियानमा सहभागी हुन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाली कांग्रेसका नेता बलबहादुर केसी जनकपुर आउने जनाईएको छ । अभियानमा हजारौंको संख्यामा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहने जनाईएको छ । जनकपुरधामको जनकपुरधाम उद्योग वाणिज्य संघमा हुन लागेको सो जागरण अभियानमा सहभागी हुन नेपाली कांग्रेसले सबै नेता कार्यकर्ता लगायत शुभेच्छुकहरुलाई आग्रह गरेको छ ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *