नेपाली काँग्रेसको संसदीय दलको बैठक शनिवार बस्दै हो । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा प्रतिनिधि सभाको आगामी बैठकका विषयमा छलफल हुने बताइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधि सभाको बैठक बोलाईएको हो । शनिवारको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने विषयमा औपचारिक निर्णय गर्ने बताइएको हो । हाल संघीय संसदको प्रमुख प्रतिपक्षी दल रहेको काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारिसकेको हो । काँग्रेसले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा समेत तयारी गरेको हो । ‘परिपक्व समय’ बनेमा अविश्वासको प्रस्ताव दर्ता गर्नका लागि सांसदहरुको हस्ताक्षर संकलन गरेर राखिएको काँग्रेस नेताहरुले बताएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *