नेपालले शनिबार इराकविरुद्ध मैत्रीपूर्ण फुटबल खेल खेल्न लागेको हो । इराकको बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा नेपालले इराकसँग खेल्न लागेको हो । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति सवा १० बजेबाट सुरु हुन्ने छ । मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय टोली बुधबार नै बसरा पुगिसकेको हो । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफू भन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको हो । नेपाली टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताईरीले यस पटक नेपाली टिममा ठुलो परिवर्तन गर्नुभएको हो । पछिल्लो समय थ्री नेसन्स कपको उपाधि विजेता टोलीबाट उहाँले १० खेलाडीलाई मात्रै टिममा लिनुभएको हो । उहाँले ६ नयाँ खेलाडीलाई टोलीमा अवसर दिनुभएको हो । अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्ने हो । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोलि कुवेत जान्ने छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *