१५ असोज, काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पछिल्लो अवस्थाबारे एमसीसीको बोर्ड बैठकमा समीक्षा गरिएको छ । एमसीसीको मुख्यालय वाशिङ्टन डीसीमा भएको बैठकमा नेपालको संसदबाट एमसीसी अनुमोदनका लागि भएका प्रयासबारे छलफल भएको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकेंनको अध्यक्षतामा भएको बोर्ड बैठकमा एमसीसी अनुमोदनलाई अगाडि बढाउनका लागि एमसीसीको उच्चस्तरीय टोलीले यसै महिनाको शुरुमा गरेको नेपाल भ्रमण र पछिल्लो अवस्थाबारे जानकारी दिइएको थियो । गत सेप्टेम्बर ९ मा एमसीसी उपाध्यक्ष फतिमा सुमारले नेपाल भ्रमण गरेकी थिइन् । नेपालमा रहँदा उनले राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटी एमसीसी शीघ्र अनुमोदन गर्न आग्रह गरेकी थिइन् । एमसीसी बोर्ड बैठकमा अन्य विभिन्न मुलुकमा सञ्चालन भइरहेका परियोजनाबारे पनि छलफल भएको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *