सरकारले सुरु गरेको कोरोना विरुद्धको खोप अभियानको पहिलो चरण सकिएको छ । भारत सरकारले अनुदान स्वरुपउपलब्ध गराएको कोरोना विरुद्धको खोप अभियान सरकारले माघ १४ गतेबाट लगाउन सुरु गरेको थियो । स्वास्थ्यतथा जनसंख्यामन्त्रालयकाअनुसार शनिबार सम्ममा १ लाख ८२ हजार ७ सय ४५ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । सरकारले माघ २४ गते अर्थात् शनिबार सम्मपहिलो चरणको खोप अभियानचलाएको थियो । पहिलो चरणमा लगभग ४ लाख ३० हजारले खोप लगाउने भनिएपनिखोप लगाउनेहरुको सङ्ख्याकम देखिएको छ । कोरोना विरुद्धको पहिलो चरणको खोपलगाउनेहरूको सङ्ख्याकम देखिएपछि खोपमाजनसहभागिता बढाउने रणनीतिमा सरकार अघि बढेको छ । दोस्रो चरणको खोप अभियानमा सहभागितापनि बढ्ने गरी सूचना सम्प्रेषण बढाउने, मानिसहरूमाभएको अन्यौलता हटाउने तथाखोप केन्द्रहरू बढाउने गरी छलफल अघि बढेको मन्त्रालयका सहायकप्रवक्ता डा. समिर कुमार अधिकारीले बताउनुभयो । स्वास्थ्यमन्त्रालयकाअनुसार दोस्रो चरणमा जोखिमकाआधारमाविभिन्न पेशामा आवद्धहरूलाई खोप लगाइने छ । मन्त्रालयले तय गरेको सूचीमा सुरक्षाकर्मी, यातायातको क्षेत्रमाकार्यरत व्यक्तिहरू, हवाइ क्षेत्रमाकामगर्नेहरू, विद्युत, नापी, मालपोत, बैंक तथावित्तिय संस्थाहरू र सञ्चार क्षेत्रमाकार्यरत व्यक्तिहरूलाई दोस्रो चरणको खोप लगाउनेछ

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *