नेपाली कांग्रेस धनुषाका जिल्ला सदस्य एवम् प्रभावशाली युवा नेता प्रवेश चौधरीले नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ३ का महाधिवेशन प्रतिनीधि एवम् पुर्व नेपाल किसान संघ धनुषाका अध्यक्ष श्याम यादवको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन । नेता चौधरी बुधवार नगराईन नगरपालिका वडा नं. १ बहिरी स्थित उनको निवासमा पुगी स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन । यादव केही वर्ष पूर्वदेखि अस्वस्थ्य रहदै आएका छन । करिब तीन वर्षदेखि असाध्य रोगबाट जुध्दै आएका यादव सो रोग सुधारोन्मुख भएपछि हाल उनी कमलपित (जन्डीस) र दम रोगबाट पिडित रहेका छन । सो क्षेत्रमा व्यापक जनमत रहेको यादव थप उपचारको लागि भारत जाने मनस्थितिमा छन । भेटको क्रममा युवा नेता चौधरी र यादवबिच संगठनको विषयमा समेत कुराकानी भएको थियो । लकडाउन पश्चात संगठन सुदृढीकरणको लागि छलफल गरी अगाडि बढनुपर्ने यादवले बताए । उनले गुनासो पोख्दै भने जनप्रतिनीधि आए पश्चात अपेक्षाकृत विकास हुन सकेन । बजेटको न्यायोचित वितरण नहुंदा लक्षित वर्गले संघीयताको अनुभुति गर्न नसकेको बताए ।

सोही सन्दर्भमा नेता चौधरीले नेपाली कांग्रेसको महाधिवेशन र स्थानीय तहको निर्वाचनको समय नजिकिदै गएकोले एक ढिक्का भएर अगाडि बढनुपर्नेमा जोड दिए । नगराईन नगरपालिका वडा नं. ३ का अध्यक्ष पल्टु साह समेत रहेका उतm भेटघाट कार्यक्रममा स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो । त्यसै गरि बुधवार नै नेता चौधरीले पुर्व महाधिवेशन प्रतिनीधि बुलन पासवानको स्वास्थ्य अवस्थाको पनि जानकारी लिएका छन । नगराईन नगरपालिका वडा नं. ६ लगमास्थित उनको घरमा पुगी उनको स्वास्थ्य स्थितिको जानकारी लिए । पक्षघातबाट पिडित रहेका पासवान प्रधानाध्यापकबाट सेवा निवृत भएका हुन । नेता पासवानले पनि संगठनलाई बलियो बनाउन सबै मिलेर जानुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *