पूर्वप्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पौष १२ शनिवार जनकपुर आउने कार्यक्रम रहेको जनाईएको छ । देउवासंगै पुर्व उपप्रधानमन्त्री एवम नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधि बिहान १०.१० बजे जनकपु्र आउने कार्यक्रम रहेको पार्टी स्रोतले जनाएको छ । सभापति देउवा र उपसभापति नीधि धनुषाको सबैला नगरपालिकास्थित सबैला बजारमा प्रजातन्त्र सेनानी बलराम नायकको शोकसभामा सहभागी हुन आउन लागेका हुन । देउवा र नीधि शनिवार १२.३० बजे कार्यक्रममा सहभागी हुने र आईतवार दिउंसो २ बजे काठमाण्डौं फिर्ता हुने कार्यक्रम रहेको जनाईएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *