नेपाली कांग्रेसले बीपी कोइरालाको १०६ औं जन्मजयन्तीका दिन पारेर भोलि भदौ २४ गतेदेखि नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान सुरु गर्दैछ । दोस्रो चरणको जागरण अभियानलाई नेपाली कांग्रेसले हिमाल, पहाड, तराई–मधेस (हिपतम) नाम दिएको छ ।
गत वैशाखको अन्तिम सातादेखि एक महिना चलेको जागरण अभियानमा नेपाली कांग्रेस केन्द्रीय समितिले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको थियो भने दोस्रो चरणमा ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ । ‘हिपतम’ जागरण अभियानको प्रथम चरण वैशाख २५ मा प्रारम्भ भई जेठ २५ मा समापन भएको थियो । एक महिने प्रथम चरणपछि दोस्रो चरण पन्ध्र दिने रहेको छ । भदौ २४ गते प्रारम्भ हुने दोस्रो चरण असोज ७ गते समापन हुनेछ ।
यसैगरी, जननायक बीपी कोइरालाको १०६औं जन्मजयन्तीको प्रतीकस्वरूप १०६ बिरूवा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षरोपण गरेर दोस्रो चरणको ‘हिपतम’ जागरण अभियानको देशव्यापी रूपमा उद्घाटन गरिने छ । यसरी एकैदिन ३४ हजार ९८० बिरूवा रोपेर अभियानको प्रथम दिन पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पु¥याइने छ । धनुषाको क्षेत्र नं. १ प्रदेश सभा १ को गणेशमानचारनाथ नगरपालिकाको बिरेन्द्रबजारमा प्रदेश सभा २ को धनुषाधाम नगरपालिकाको ठाकुर प्रसाद ढुंगाना चिन्तन प्रतिष्ठानको प्रांगनमा वृक्षारोपण गरिने छ । त्यस्तै क्षेत्र नं. २ प्रदेश सभा १ को कमला नगरपालिकाको श्री नि.मा.वि. दुबरकोट हथिलेटवामा प्रदेश सभा २ को रामजानकी मा.वि.झिटकोहियामा क्षेत्र नं. ३ प्रदेश सभा १ मा नगराईन नगरपालिकाको विर्तामा प्रदेशसभा २ जनकपुरधाम उपमहानगरपालिकाको महेन्द्रनारायण निधी सांस्कृतिक प्रतिष्ठान र क्षेत्र नं. ४ को प्रदेशसभा १ मा ठेरा मा.वि. र प्रदेश सभा २ को तुल्सीमा वृक्षारोपण गरिने जनाईएको छ । कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र नीधि जनकपुर आउने भएका छन ।
यता नेपाली कांग्रेस धनुषाले ५ सदसीय प्रचार प्रसार समिति गठन गरेको छ । राजकिशोर सिंहको संयोजकत्वमा गठित सो समितिको सह—संयोजकमा राजन कुमार सिंह रहेका छन । त्यस्तै सदस्यहरुमा रामभरत साह , धैर्यकान्त दत्त र किशोर मंडल रहेको नेपाली कांग्रेस धनुषाका सचिव विशेश्वर यादवले जानकारी दिएका छन ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *