नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक अहिले बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहिबेरमा सुरु हुने बैठकमा नयाँ सरकार निर्माणका विषयमा छलफल हुने र बर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता लिने बारेमा पनि निर्णय हुने नेता देवेन्द्र पौडेलले बताउनुभयो । गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि माओवादी केन्द्र निरन्तर छलफलमा छ । अदालतले पुराना पार्टी ब्युँताएपछि माओवादीले समर्थन फिर्ता लिने आम अपेक्षा भए पनि अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन । केही दिन पहिले सम्पन्न माओवादी केन्द्रको संसदीय दलको बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *