नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम विवादमा सर्वोच्च अदालतले आईतबार फैसला सुनाउने भएको हो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलाशले दुवै पक्षको वहस समाप्त गरी निसुमा राखेको थियो । आफूले दर्ता गरेको नेकपा निर्वाचन आयोगलेअरुलाई दिएकाले बदर हुनुपर्ने माग गर्दै ऋषि कट्टेलले सर्वाेच्चमा मुद्दा दायर गर्नुभएको थियो । कट्टेलको मुद्दामा नेकपा विवाद चरम भइरहेको समयमा फैसला आउन लागेको हो । आईतबार बाट प्रतिनिधि सभाको हिउँदे अधिवेशन पनि सुरु हुँदै छ । निर्वाचन आयोगले नेकपाको आधिकारीकता टुङ्गोमा पु¥याउन सकेको छैन। यो अवस्थामा हुन लागेको फैसलाई चासोका साथ हेरिएको छ । सर्वोच्चले अब नेकपा नाम कसको हुने भन्ने फैसला गर्ने छ । यदि सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरेमा एमाले र माओवादी एकीकृत भएर बनेको पार्टीको नाम बदर हुनेछ । सर्वोच्चले नेकपा नाम सत्तारूढ दलको पक्षमा हुनुपर्ने भनी गरेको निर्णयसमेत लिखित रुपमा सर्वोच्चमा पेश गर्न भनेको हो । एकीकृत पार्टीलाई पनि किन नेकपा नै राखिएको भनी सर्वोच्चले जवाफ माग गरेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *