धनुषा,साउन ५ गते ।

नेकपाले ७७ वटै जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ वटै जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आज भएको निर्णयले इन्चार्जमा जोग कुमार बरबरिया(श्रवण बरबरिया) सह–इन्चार्जमा जुली कुमारी महतो,महादेव यादव,योगेन्द्र नारायण यादव,यदुवंश झा,रतनेश्वर गोईत यादव,बोधमाया कुमारी यादव,सुधीर शाह,सत्रुधन महतो,हरिनारायण महतो हुनुभएको हो । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरका इन्चार्ज–सहइन्चार्जको टुंगो लगाएको जानकारी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको हो ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *